सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु
खबर एक्सप्रेस
२०७७-०२-१८ १२:१९ मा प्रकाशित
Total Shares: 216
काठमाडौं - सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– १३ का एक ६८ वर्षका पुरुषको शनिबारराति निधन भएको हो ।
उनी १४ दिन मेलचौर क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए । घर फर्किएपछि श्वासप्रश्वासमा समस्या आएपछि गएराति नै स्थानीय स्वास्थ्य चौकीमा उपचार गराउने क्रममा उनको मृत्यु भएको हो ।
उनको मृत्यु भएसँगै स्वाव संकलन गरेर परीक्षणका लागि पठाइने भएको छ । उनको शव चौतारा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेल जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस