काठमाडौं - आज सुनचाँदीको मूल्यमा व्यापक वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँ बढेको हो । 

झण्डै साढे ६ हजारले बढेको सुन ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। 

यसअघि सोमबार सुनको तोलामा २ सय रुपैयाँ घटेर ३ लाख १ हजार ५ सयमा कारोबार भएको थियो। 

त्यसअघि गएका चार दिनमा सुनको भाउ तोलामा १७ हजार ८ सय रुपैयाँ बढेको थियो।