काठमाडौं – क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले व्यक्तिगत रिसइबीका कारण नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले फरक राजनीतिक आस्था बोकेकै कारण जनतालाई त्रसित बनाउने र पक्राउ गर्ने काम भइरहेको बताए ।

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले चन्द समूहमाथि प्रतिबन्ध लगाएर सरकारले देशलाई पुनः युद्धतर्फ धकेल्न खोजेको आरोप लगाए ।

देशले अर्को युद्ध थेग्न सक्दैन भन्दै उनले चन्द पनि सीके राउत ‘मोडल’मा सहमतिमा आउनुपर्ने बताए ।