काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



