काठमाडौं - रामेछापमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना भाइते भएका छन् । भक्तपुरको सूर्यविनायकबाट रामेछापको दोरम्बा जाँदै गरेको पिकअप भ्यान खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ ।

मंगलबार बिहान बा १४ च ९४९८ नम्बरको पिकअप भ्यान दुर्घटना भएको हो । मृत्यु हनुेमा दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरी र अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ ।

घाइते भएकाहरु धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले भ्यानका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।