दाङ प्रदेश सभा सदस्यमा नेकपाकी बिमला ओली विजयी
खबर एक्सप्रेस
२०७६-०८-१६ ११:०० मा प्रकाशित
Total Shares: 808
काठमाडौं - दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओली विजयी भएकी छन् ।
गएराति सम्पन्न मतगणनाअनुसार नेकपा उम्मेदवार बिमला कुमारी घर्तीले २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन् । उनका निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका केशव राज शर्माले १९ हजार १८२ मत प्राप्त गरे ।
यसैगरी साझा पार्टीका शिवकुमार चौधरीले २६६ मत ल्याउँदा राप्रपाका भुपाल रावतले २२५ मत ल्याए ।
विमला प्रदेशसभाका दिवंगत सांसद उत्तर कुमार खत्रीका श्रीमती हुन् । अघिल्लो निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित उत्तरकुमारको सडक दुर्घटनामा निधन भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस