उत्तर कोरियामा कोरोना संक्रमित व्यक्तिलाई गोली हानी हत्या
काठमाडौं - चीनको वुहानबाट फैलिनएको कोरोना भाइरसले चीनमा मात्रै करिब ३ हजार मानिसको मृत्यु भइसकेको छ । पछिल्लो समय दक्षिण कोरियामा फैलिएको भाइरसले १३ जनाको मृत्यु भइसेको छ भने हजारौँ संक्रमित भएका छन् ।
दक्षिण कोरियाको अर्को छिमेकी राष्ट्र उत्तर कोरियाले पनि कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइएको छ । उत्तर कोरियाली अधिकारीहरुले अहिलेसम्म कुनै पनि संक्रमित नभेटिएको दाबी गर्दै आएका छन् । तर, केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्तर कोरियामा एक संक्रमित भेटिएको जनाएका छन् ।
उत्तर कोरियाली सरकारकाले ती व्यक्तिलाई गोली हानी मारिएको जनाएको छ । कोरियाली अधिकारीहरुले भने एक सय ४१ जनामा संक्रमण परीक्षण गरेको तर कसैमा पनि संक्रमण नभेटिएको बताएका छन् ।
उत्तर कोरियाले पछिल्लो समय चीनसँगको सीमा बन्द गर्नुका साथै उच्च सतर्कता अपनाएको छ । केही दक्षिण कोरियाली मिडियाले चीनसँग जोडिएका उत्तर कोरियाली सहरमा संक्रमित भेटिएको जनाएका थिए ।
फेसबुक पेज Like गर्नुहोस