यस वर्षको इन्द्रजात्रा पर्व विधिवत् रुपमा सुरु
खबर एक्सप्रेस
२०७६-०५-२४ ११:०० मा प्रकाशित
Total Shares: 855
काठमाडौं - यस वर्षको इन्द्रजात्रा पर्व आजबाट विधिवत् रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकामा आज बिहान ९ बजेर १७ मिनेटमा लिङ्गो ठड्याएपछि इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको हो ।
केन्द्रीय मानन्धर संघले भक्तपुरको चित्तपोल वनबाट परम्परागत रुपमा पूजा गरी ल्याएको लिंगो ठड्याइएको हो ।
लिंगोसँगै काठमाडौं शहरको रक्षाका लागि भन्दै चार कुनामा गाडिने लाकासी भनिने अष्टमात्रिकाको प्रतिक पनि ठड्याइएको छ । इन्द्रजात्रा शुरु भएको प्रतिकस्वरुप ललितपुर, भक्तपुर दरबार क्षेत्रलगायत अरु ठाउँमा सानो लिंगो ठड्याउने गरिन्छ । लिंगो ठड्याएको आठ दिनसम्म इन्द्रजात्रा पर्व मनाउने गरिन्छ ।
फेसबुक पेज Like गर्नुहोस