बनेपा - काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो । 

घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान खुल्न सकेको छैन भने हाम फालेल ज्यान बचाएका ताराबहादुर माझी सामान्य घाइते छन् ।

दुर्घटना स्थल दुर्गम स्थानमा भएको हुनाले फलामेटार, तालढुंगा र ढुंखर्कको प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।