निर्भया बलात्कार तथा हत्या प्रकरण: फाँसीबाट बच्न हरसम्भव प्रयास गर्दै दोषीहरु
एजेन्सी - निर्भया बलात्कार प्रकरणमा नयाँ मोड आएको छ । निर्भया प्रकरणका दोषीलाई मार्च २० मा फाँसीको सजाय दिने निर्णय यसअघि नै अदालतले गरिसकेपछि दोषीको पक्षमा बहस गरिरहेका वकिल ए पी सिंहले अन्तर्राष्ट्रिय अदालतमा गुहार लगाएका छन् ।
सामूहिक बलात्कारका दोषीलाई तीनपटकसम्म फाँसीको सजाय सुनाइएको थियो । तर, बारम्बार विभिन्न कानुनी दाउपेचका कारण उनीहरुको फाँसीको मिति सर्दै आइरहेको थियो ।
तर, राष्ट्रपति समक्ष गरिएको उमेर कैदको सजायको याचिका पनि रद्द भएपछि उनीहरुलाई मार्च २० मा फाँसी दिन दिल्लीस्थित पटियाला हाउस कोर्टले ‘डेथ वारेन्ट’ जारी गरिसकेको छ ।
२६ वर्षीय विनय शर्मा उमेर कैदको सजाय पाउँ भन्दै राष्ट्रिपति समक्ष याचिका दायर गरेका थिए ।
उक्त घटनाका दोषीहरूलाई फाँसी नदिन भन्दै अन्तर्राष्ट्रिय अदालत (आईसिजे) मा वकिल ए पी सिंहले गुहार लगाएसँगै फेरि फाँसीको मिति रोकिने सम्भावना बढेर गएको बताइएको छ ।
निर्भया काण्डका ४ जना दोषीहरूमध्ये ३१ वर्षीय अक्षय सिंह, २५ वर्षीय पवन गुप्ता र २६ वर्षीय विनय शर्मा आईसिजेको शरणमा पुगेका हुन् ।भारतस्थित रहेको नेदरल्याण्डको दूताबासमा उनीहरुले फाँसीको सजायको विपक्षमा याचिका दायर गरेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस