कञ्चनपुर - कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित पक्की पुलबाट महाकाली नदीमा हाम फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ।
सोमबार दिउँसो महाकाली नदीमा हाम फालेकी दार्चुलाको लेकम गाउँपालिका–६ की २१ वर्षीया सुस्मिता खत्री (बासु) को प्रहरीले सकुशल उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार नदीमा हाम फालेपछि प्रहरीले तत्काल उद्धार गरी उनलाई दोधारा चाँदनी अस्पताल पुर्याएको थियो । अस्पतालले थप उपचारका लागि उनलाई महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुर रेफर गरेको रावतले बताए ।
प्रहरीका अनुसार उद्धार गरिएकी खत्रीलाई महाकाली अस्पतालले पनि रेफर गरेपछि हाल सेफ हाउसमा राखिएको छ।

.gif)


