ग्यास सिलिन्डर बोकेकालाई समेत यातना दिने प्रहरीलाई कारबाही हुने
काठमाडौं - नेपाल प्रहरीले लकडाउनका क्रममा ग्यास सिलिन्डर बोकेका एक व्यक्तिलाई यातना दिने कर्मचारीमाथि कारवाही गर्ने भएको छ ।
हिजो ग्यास लिन हिडेका ब्यक्तिलाई काँधमा सिलिन्डर बोक्न लगाएर बीच सडकमा बसाएर यातना दिइएको तस्वीर सार्वजनिक भएपछि प्रहरीले छानविन तथा कारबाही अघि बढाएको हो ।
प्रहरीले आज फेसवुक र ट्विटरमार्फत उक्त कार्यलाई गम्भिरतापूर्वक लिएको र आवश्यक छानबिन भइरहेको जनाएको हो । सामाजिक संजालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिन्डर बोकाएर सडकमा बसाएको तस्वीर भाइरल भएपछि प्रहरीको चर्को आलोचना भएको थियो ।
लकडाउनको समयमा प्रहरीले सर्वसाधारणलाई लाठी प्रहार गरेको, कुखुरा बनाएका भिडियो पनि भाइरल भएका थिए । प्रहरीले नियम विपरित गलत सजाय दिनेमाथि छानविन र कारवाही प्रक्रिया अघि बढिरहेको जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस