आजदेखि नयाँ नोट साट्न सकिने
काठमाडौं - नेपालीहरुको महान चाड दशैँका लागि आवश्यक पर्ने नयाँ नोटका लागि नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि व्यवस्था मिलाएको छ ।
राष्ट्र बैँकका अनुसार शुक्रबारदेखि असोज १७ गतेसम्म राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको छ ।
राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ ।
नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयसहित विराटगनर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका प्रदेश कार्यालयबाट पनि नोट सहटी सुविधा लिन सकिनेछ।
सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका नोट एक÷एक पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैयाँसम्म साट्न सक्नेछन् ।
फेसबुक पेज Like गर्नुहोस