काठमाडौं - जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी बन्द गर्ने घोषणा गरेका छन्।
आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने छन्। जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड-१९ सङ्क्रमण देखापरेपछि उक्त घोषणा भएको छ।
जापानमा यसै वर्ष ओलिम्पिक प्रतियोगिता हुँदैछ। प्रतियोगिताको आयोजक समितिले खेलभन्दा अगाडि हुने ओलिम्पिक मसाल रिलेमा थोरै सहभागिता गराइने जनाएको छ।
कोरोनाभाइरसको त्रासका कारण एक महिना विद्यालय छुट्टी
खबर एक्सप्रेस
फाल्गुन १५, २०७६
५५३


.gif)


