काठमाडौं - सचिवालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेशनमा बसेका छन् ।

सचिवालयका सातजनाको स्वाब परीषक्षण भएकोमा दुईजनामा संक्रमण देखिएपछि सभापति देउवा होम आइसोलेशनमा बसेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने बताइएको छ ।

देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ ।