काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेल पक्राउ परेका छन् ।

काभ्रेको भुल्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको र बम पड्काएको आरोपमा ढुंगेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख जयराज सापकोटाले लोकान्तरलाई बताए ।

उनले भने, ‘ साउन ११ मा भुल्लुमा रहेको एनसेलको टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो ।’

बैशाख १५ गते राति विप्लव समूहले देशभर विभिन्न १५ ठाउँमा एनसेलका टावरमा आगजनी गरेको थियो ।

आगजनी कसले गर्‍यो भन्ने स्पष्ट जानकारी प्राप्त नभएपनि प्रहरीले सुरक्षा कार्ड र शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । टावरमा भएको आगजनीका कारण मोबाइल सेवा अवरुद्ध समेत भएका थिए ।