आज चैते दशैँ, लकडाउनका कारण शक्ति पीठहरु खाली
खबर एक्सप्रेस
२०७६-१२-१९ ०९:३७ मा प्रकाशित
Total Shares: 1275
काठमाडौं - आज (बुधबार) चैते दशैँ परेको छ । तर कोरोना रोकथाम तथा नियन्त्रणको लागि 'लकडाउन' घोषणा गरिएकाले विभिन्न शक्ति पीठहरु खाली छ ।
असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा मनाइने पर्व दशैँ वर्षमा दुई पटक मनाउने गरिन्छ ।
असोजमा मनाइने दशैँलाई वडादशैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैँ मनाइन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस