यी हुन् दाङबाट पक्राउ परेका २१ जना विप्लव कार्यकर्ता
काठमाडौं - विप्लव नेतृत्वको नेकपाका एकजना केन्द्रीय सदस्यसहित २१ कार्यकर्तालाई दाङबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लवका दाई चन्द्रबहादुर चन्द ‘वीरजंग’समेत रहेको बताइएको छ ।
उनी समूहमा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इञ्चार्ज एवं मध्यपश्चिम कमाण्ड इञ्चार्ज थिए । नेपाल प्रहरीले गएराति दाङको राजपुर गाउँपालिका—४ मा चलाएको अपरेशनका क्रममा चन्दसँगै प्रहरीले २१ जनालाई पक्राउ गरेको थियो ।प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छ ।
त्यसैगरि राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास), राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन, जंगली), बुद्धिजीवि सुनिल पौडेल र क्षेत्र नं। ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी पनि पक्राउ परेका छन् ।
त्यस्तै, क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, रोल्पा सदस्य पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पक्राउ परेका छन् ।
फेसबुक पेज Like गर्नुहोस