कोरोनाका कारण इटालीमा एकैदिन २५० जनाको मृत्यु
खबर एक्सप्रेस
२०७६-१२-०१ ०८:५३ मा प्रकाशित
Total Shares: 265
काठमाडौं - कोरोना भाइरसको कारण युरोपेली देश इटालीमा एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । शुक्रबार मात्र कोरोनाका कारण यति धेरैको मृत्यु भएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारी घोषणा गरेको कोरोनाले चीनपछि इटाली सबैभन्दा बढी प्रभावित छ ।
हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।
डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
फेसबुक पेज Like गर्नुहोस