डडेल्धुरा- डडेल्धुराका ६ वटा स्थानीय तहका वडामा अज्ञात समुहले तालाबन्दी गरेको छ। जिल्लाको भित्रि मधेशअन्तर्गत आलिताल गाउँपालिका ३ र ८ र परशुराम नगरपालिकाको ७, ८, ९ र १० मा अज्ञात समूहले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

परशुरामनगरपालिका ९ र १० मा लगाइएको ठूलो तालामाथि शंकास्पद वस्तु अड्काएर राखिएको सम्बन्धित वडा कार्यालयले जनाएका छन्।

शंकास्पद वस्तु भेटिएपछि प्रहरी परिचालन गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।