काठमाडौं - काठमाडौं महानगरपालिका–३ बाँसबारीमा गेस्ट हाउस सञ्चालनमा रहेको अढाईतले घर भासिएको छ।

महानगरपालिकाका अनुसार बिहीबार राति करिब ८ बजेतिर भिरालो जमिनमा रहेको उक्त भवन वर्षाका कारण भासिएको हो । सो घरमा न्यु गण्डकी गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो ।

घर भासिँदा त्यसमा कोही मानिस नरहेको महानगरपालिकाले जनाएको छ । मानिस नभएको समयमा भवन भासिएकाले मानवीय क्षति भने हुन पाएन।

वर्षाका कारण जमिन कमजोर बनेपछि भवन भासिएको प्रारम्भिक जानकारी प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।