काठमाडौं - इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण १८४ जनाको मृत्यु भएको छ । यससँगै इरानमा कोभिड–१९ भनिने यस भाइरसको सङ्क्रमितको संख्या झण्डै ६ हजार ५ सय नाघेको छ । इरानमा एक दिनमा नै सात सयभन्दा बढी संक्रमितहरु भेटिएका छन् ।

इरानमा सरकारी तथ्याङ्कमा मृत्यु हुनेको सङ्ख्या १९४ बताइएपनि योभन्दा निकै धेरै व्यक्तिको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या पनि निकै धेरै रहेको त्यहाँका स्थानीय अधिकारीहरूले बताएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउँदै आएका छन् ।