काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएको छ। उनको घरमा काम गर्ने एक जना कर्मचारीमा संक्रमण देखिएपछि बिहीबार सभापति देउवा र उनको परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो।
शुक्रबार बिहान देउवा र परिवारका सबै सदस्यको काेराेना रिपाेर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ।
केही दिनअघि एक सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि सभापति देउवासहित परिवारका सबै सदस्य होम आइसोलेसनमा बसेका थिए।

.gif)



