कोरोना : इटालीमा मेयरको मृत्यु, ज्यान गुमाउनेको संख्या १८०९ पुग्यो
काठमाडौं - युरोपेली देश इटालीमा कोरोना भाइरसको कारण एक मेयरको मृत्यु भएको छ । इटालीका सञ्चारमाध्यमका अनुसार उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोनाका कारण शुक्रबार मृत्यु भएको जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा अत्याधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै थप ३ सय ६८ जनाको मृत्यु भएको छ भन् थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ ।
त्यस्तै इटालीपछि बढी प्रभावित रहेको इरानमा आइतबार थप ११३ जनाको मृत्यु भएको छ भने थप एक हजार २ सय ९ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस