बिस्केट जात्रा औपचारिक रुपमा मात्र मनाइने
काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमका कारण यस वर्षको बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ ।
भक्तपुरका विभिन्न पुराना बस्तीहरुमा हुने बिस्केट जात्रा औपचारिक रुपमा सीमित गर्ने विषयमा छलफल अझै जारी छ ।
भक्तपुर नगरपालिका तथा मध्यपुर थिमि नगरपालिकाले आआफ्ना स्थानीय गुठीयारहरुलाई सहभागी गराएर केहि दिन अगाडि बिस्केट जात्रा औपचारिक रुपमा गर्न आग्रह गरेको थियो ।
नगरस्तरिय बैठकपछि टोलमा सोही बमोजिम स्थानीय जात्रालुहरुबीच छलफल हुँदैछ । आज पनि जिब्रो छेडाएर जात्रा गर्ने मध्यपुरको बोडेमा छलफल भएको छ ।
यसअघि दधिकोटको पकांडोल तथा मध्यपुरका विभिन्न टोलमा बिस्केट जात्रा औपचारिक रुपले मनाउने विषयमा छलफल भएको थियो । छलफलका क्रममा अधिकांस ठाउँका स्थानीय जात्रालुहरु यो वर्ष सुरक्षित रुपमा सांस्कृतिक गतिविधि गर्नुपर्नेमा सहमत भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस