काठमाडौं - नेपाल एयरलाइन्सको वाइडबडी जहाज पहिलो पटक अस्ट्रेलियाको ब्रिसबेन पुगेको छ ।

नेपालमा रहेका अस्ट्रेलियन नागरिक लिएर बुधबार साँझ ६ बजेतिर काठमाडौंबाट उडेको विमान मलेसियाको क्वालालम्पुरमा इन्धन भर्दै अस्ट्रेलियाको ब्रिसबेन पुगेको हो ।

विमानमा २ सय ५७ हजार अस्ट्रेलियाली नागरिक थिए । नेपालले ५ महिनाअघि मात्रै अस्ट्रेलियासँग हवाई सम्झौता गरेको थियो ।