एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ परीक्षाफल
काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।
मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको थियो।
नतिजा प्रदेशअनुसार छुट्टाछुट्टै र एकैपटक सार्वजनिक गरिएको छ। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।
एसईईको नतिजा टेलिफोन, मोबाइल एसएमएस र वेबसाइटबाट हेर्न सकिने छ । १६०० नम्बरमा फोन गरेपछि आवश्यक निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेर नतिजा थाहा पाउन सकिने छ ।
नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । यस्तै ३१००३, ३१००७, ३४९४९, ३५००१ नम्बर सिम्बल नम्बर एसएमएस पठाउँदा पनि नतिजा थाहा हुन्छ ।
फेसबुक पेज Like गर्नुहोस