बानेश्वरमा तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल
खबर एक्सप्रेस
२०८१-१२-२७ ०१:२० मा प्रकाशित
Total Shares: 41
काठमाडौं- आन्दोलनरत शिक्षकहरूले बानेश्वर सडकका तीन वटै लेनमा प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको हो ।तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले दिनहुँ माइतीघर-बबरमहल-बानेश्वर क्षेत्रका सडकमा प्रदर्शन गर्दै आएका छन्।
सरकारले पटकपटक वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा गएका छैनन्। विगतमा गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन ल्याउन उनीहरूको माग छ। शिक्षकहरूलाई एउटा लेनमा मात्र प्रदर्शन गर्न प्रहरी प्रशासनले आग्रह गर्दै आएको थियो।
फेसबुक पेज Like गर्नुहोस