भारतमा कोरोना फैलाउने धार्मिक सभामा सहभागि भएको आशंकामा ११ जना पक्राउ
खबर एक्सप्रेस
२०७६-१२-२० ११:१० मा प्रकाशित
Total Shares: 275
काठमाडौं - भारतमा कोरोनाभाइरस फैलाएको भनिएको धार्मिक सभामा सहभागि भएको आशंकामा ११जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको कञ्चनपुर टोलमा रहेको मस्जिदमा रहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने सबै रौतहटका रहेका छन् ।
सबैलाई वीरगञ्जस्थित सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै दिल्लीको धार्मिक सभामा गएको वा नगएको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
मार्च १ देखि १५ सम्म दिल्लीमा भएको धार्मिक सभामा २० जना नेपालबाट आएको र त्यहाँ रहेका १३ विद्यार्थी पनि सहभागी भएको यसअघि खुलेको थियो ।
फेसबुक पेज Like गर्नुहोस