काठमाडौं - भोटेकोसीमा आएको बाढीले बगाउँदा ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ।
नेपाल प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेसम्म नदी किनारमा ५५३ जनाको शव फेला परेको हो ।
सबैभन्दा बढी चितवनमा २२२ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
यसैगरी, रसुवामा १३, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४, नुवाकोटमा ३८, तनहुँमा ३१ र नवलपरासी पश्चिममा २८ जनाको शव भेटिएको हो।
बाढीमा २७ जना प्रहरी सम्पर्कविहीन बनेका छन्। एक जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
पछिल्लो दिनमा एक हजार ४७३ जनाको उद्धार गरिएको छ। उनीहरूमध्ये घाइते ९७ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

.gif)


