काठमाडौं-महिला एसिया कप क्रिकेटमा आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ।

श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोली युएइको महिला टोलीको सामना गर्नेछ ।

यो खेल आज दिउँसो सवा २ बजे शुरु हुने तालिका छ।

महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ ।