काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने तीनदिने भेलाको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।
आयोजक समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माका अनुसार शुक्रबार दिउँसो हुने उद्घाटन समारोहमा देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। भेलाको संयोजन पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरेका छन्।
साउन २९ देखि ३१ गतेसम्म चल्ने भेलामा कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्था, पार्टीको नेतृत्व विवाद, सांगठनिक विषय तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने बताइएको छ। आयोजकका अनुसार भेलामा करिब ४ हजार ६ सयदेखि ५ हजारसम्म नेता–कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।
कांग्रेसभित्र नेतृत्व र आधिकारितालाई लिएर विवाद चर्किरहेका बेला इतर समूहले आयोजना गरेको यो भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

.gif)


