काठमाडौं - सत्तारुढ दल नेकपाका नेता नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाएपनि भूमिकाविहीन बनाइएकोमा नेता साह असन्तुष्ट रहँदै आएका थिए । उनी जिल्ला कमिटीको पदाधिकारी चयनप्रति पनि असन्तुष्ट रहेका थिए ।

प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने सोचबाट जिल्ला कमिटी चयन गरिएको उनको बुझाई रहँदै आएको थियो । नेता साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर राजीनामा दिएको बताइए पनि राजीनामा पत्रमा के लेखिएको छ भन्नेबारे खुलाइएको छैन ।

प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक काममा पार्टीको नेतृत्व तहबाट नै असहयोग भएपनि राजीनामा दिएको उनी निकटका नेताहरुले बताएका छन् ।