काठमाडौं - दिल्लीको निर्भया सामूहिक बलात्कार केशमा चार जना दोषीलाई मार्च तीनको बिहान ६ बजे झुण्ड्याउने आदेश दिइएको छ।

यस केशमा दुई पटक अदालतले मिति तोकिसकेको थियो तर अपराधीहरूको विभिन्न याचिका कारण त्यो स्थगित भएको थियो।

मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ता यस मुद्दामा मुख्य दोषी हुन्। यस अघि २२ फ्रेबअरीमा उनीहरुलाई फाँसीको सजाय दिने भनिएको थियो । तर, उक्त केशमा याचिका परेसँगै फाँसीको सजाय रोकिएको थियो । 

नयाँ मृत्यु आदेश जारी भएपछि निर्भयाकी आमा आशा देवीले आशा गरेकी छन् कि यस पटक अपराधीहरुलाई सजाय दिइनेछ र उनीहरूले कुनै कानुनी जटिलताको फाइदा लिन सक्ने छैनन्।