काठमाडौं - संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्ने बिहीबार बस्दैछ।
संसद सचिवालयले प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने जनाएकाे हाे। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ।त्यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे हाे।



