एजेन्सी - लामो राजनीतिक रस्साकस्सीपछि यूके शुक्रबार रातिबाट युरोपेली संघबाट बाहिरिने भएको छ । ब्रेक्जिटको लागि तीन वर्ष अघि गरेको जनमतसंग्रहपछि यूके औपचारिक रुपमा युरोपेली संघबाट बाहिरिन लागेको हो । 

यूके युरोपेली संघबाट बाहिरिए पनि  हालको लागि यूके र युरोपेली युनियनका नागरिकहरु स्वतन्त्रपूर्वक आउजाउ गर्न पाउनेछन् । विमान, पानीजहाज र रेल सेवामा पनि कुनै परिवर्तन हुने छैन । बर्हिगमनले व्यापारमा पनि कुनै असर पर्नेछैन । 

त्यस्तै, यूकेले युरोपेली युनियका नियमहरु मान्नुपर्नेछ । भने इयूको बजेटको लागि सन् २०२० सम्म रकम पनि दिनुपर्नेछ । 

तर, ब्रक्जिटसँगै यूकेले इयूको सदस्यता गुमाउने छ । यूकेले भने विश्वभरीका देशहरुसँग आफ्नो व्यापार सम्झौता गर्न पाउनेछ । यससँगै आज जीएमटी २३ बजे यूके युरोपेली संघबाट ४७ वर्षपछि बाहिरिन लागेको हो ।