चौरजहारी घटना : थप एक युवकको भेटियो शव, मृतकको संख्या ४ पुग्यो
रुकुम पश्चिम - चौरजहारी नगरपालिका ८ सोतीमा गएको शनिवार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये थप एक जनाको शव भेरीको किनारमा फेला परेको छ ।
भेरी नगरपालिका ११ का १८ बर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको हो । उहाँको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको आफन्तजनले बताएका छन् । यससँगै उक्त घटनामा संलग्न ४ जनाको शव भेरी नदीमै फेला परेको हो ।
भेरी नगरपालिका ४ का नवराज बिकको शव शनिबार राति नै भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उहाँसँगै गएका चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टिकाराम विकको शव घटनास्थलबाट झन्डै २५ किलोमिटर तल जाजरकोटको भेरी नगरपालिका वडा नं. १२ मा खोदा खोला नजिक भेटिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस