भारतमा पेट्रोल र डिजेलको उत्पादन शुल्क वृद्धि
एजेन्सी - कोरोना भाइरसका कारण मानिसको दैनिकी मात्रै होइन, विश्व अर्थव्यवस्था पनि नराम्ररी प्रभावित बनेको छ ।कोभिड(१९ का कारण विश्वभर व्यापार तथा व्यवसायमा झड्का लागिरहेको छ । यता भाइरसको त्रास र असरले गर्दा तेल उत्पादन गर्ने प्रमुख मुलुक रुस र साउदी अरबबीच ‘मूल्य युद्ध’ चलिरहेको छ ।
मूल्य युद्धका कारण विश्वबजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आइरहेको छ । तर यसै क्रममा भारत सरकारले पेट्रोल र डिजेलको उत्पादन शुल्क (excise duty) बढाएको छ ।
शनिबार पेट्रोल र डिजेलको उत्पादन शुल्क प्रति लिटर ३ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटबाट उत्पन्न परिस्थितिलाई सामना गर्न भन्दै सरकारले उत्पादन शुल्क बढाएको हो ।
समाचार अनुसार पेट्रोलमाथि लगाइँदै आएको विशेष एक्साइस ड्युटी २ रुपैयाँले बढेर ८ रुपैयाँ भारु पुगेको छ । त्यस्तै डिजेलमाथिको विशेष एक्साइस ड्युटी बढेर ४ रुपैयाँ पुगेको छ । योसँगै पेट्रोल र डिजेलको मूल्य बढ्न सक्ने बताइएको छ ।
विश्व बजारमा कच्चा तेलको मूल्य बढ्दा भारतीय उपभोक्तालाई फाइदा हुने आंकलन गरिएको थियो । तर सरकारको पछिल्लो कदमले उपभोक्ता थप मारमा पर्ने देखिन्छ ।
फेसबुक पेज Like गर्नुहोस