काठमाडौं - भोलि (बिहिबार)देखि व्यवसायीहरुले लकडाउन उलङ्घन गर्दै पसल खोल्ने निर्णय गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको बैठकले बिहिबार देखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्ने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पसल खोल्दा राज्यबाट कुनै दबाब आएमा सरकारलाई तिर्नु पर्ने कर, बैंकको साँवा ब्याज, घरभाडा लगायतको सबै जिम्मा राज्यले लिनुपर्ने पनि महासंघले बताएको छ ।

विज्ञप्ति-