चितवन - पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि चितवनमा विकास भएका एकपछि अर्को घटनाबारे मौन रहेकी भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहालले मुख खोलेकी छिन् । 

उनी मौन रहेकै कारण उनीमाथि विभिन्न आरोप पनि लाग्दै आइरहेको थियो । टिभी प्रस्तोता रविसहित ३ जनालाई पक्राउ गरी न्यायिक हिरासतमा राखिएपछि पनि उनी केही बोलेकी थिइनन् ।  भरतपुर महानगरकी मेयर रेणु दाहालमाथि रविको पक्राउमा उनको हात रहेको भन्दै प्रदर्शनकारीले आरोप लगाएका थिए । मेयर दाहालले पुडासैनीको आत्महत्याबारे सत्यतथ्य छानबिन गर्न सबैसँग माग गरेकी छिन् ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुको विषयलाई लिएर कतिपय व्यक्तिहरुबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्च पदस्थ राजनीतिक नेतृत्व र भरतपुर महानगरपालिकाका प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद् कुरा हो’, साथै, ‘घटनासँग कुनै पनि सम्बनध नभएका व्यक्ति एवं संस्थाहरुलाई जोडेर अनावश्यक टिकाटिप्पणी र र घटनालाई विषयान्तर नगर्न महानगरपालिका सम्बन्धित सबैसँग अनुरोध गर्दछ।’

उनले एक विज्ञप्ति प्रकाशित गर्दै घटनामा जबर्जस्ती रुपमका उच्च राजनीतिक नेतृत्व र आफूलाई जोडनु दुखद् भएको बताएकी छन्।