काठमाडौं - चीनमा नोबेल कोरोना भाइरसका कारण शनिबार मात्र १४२ जनाको मृत्यु भएको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार शनिबार करिब २ हजार जना नयाँ संक्रमित भेटिएको छ ।

मृत्यु हुनेमा हुवई प्रान्तमा १३९ , सुचिवानमा २, हुनानमा १ जना रहेको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

हालसम्म एक हजार ६ सय ६९ को मृत्यु भएकाे छ भने ५६ हजार बढी संक्रमित भएका छन् ।