काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कार्पियो दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको मृत्यु भएको छ । काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।  उच्च अदालत वीरगन्ज पर्साको मुख्य न्यायाधीश, रजिस्टार र गाडी चालकसहित ६ जना सवार प्रदेश ३–०१–००२ झ ५१८३ नं. को स्कार्पियो  गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५०÷६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार  दुर्घटनामा  दाङको तुलसीपुर उपमहानगरपालिका-९ घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, बैतडी दशरथचन्द–७ का  ५७ वर्षकै रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी, छोरा २५ वर्षीय रितेन्द्र बडु, ३१ वर्षीया रिता बडु र दाङको राप्ती नगरपालिका-८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी घाइते भएका थिए ।  मुख्य रजिष्ट्रार बडु र चालक चौधरीको मकवानपुरमै उपचार भइरहे पनि बाँकीलाई सेनाको हेलिकप्टरबाट छाउनी अस्पताल ल्याइएको थियो । आज  बिहान  १०ः०४ बजे अस्पताल पु¥याइएकी ४९ वर्षीया बडुको बिहान १०ः२९ बजे मृत्यु भएको हो । लक्ष्मी उच्च अदालत वीरगन्जका रजिस्ट्रार तारादत्त बडुको पत्नी हुन् । घाइतेमध्ये मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको भने छाउनी मै उपचार भइरहेको छ ।