अब सेयर कारोबार समय दैनिक १ घण्टा थपिने
काठमाडौं - नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको समय दैनिक १ घण्टा बढाउन नेप्सेलाई निर्देशन दिएको छ ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दैनिक ४ घण्टा सेयर कारोबार हुँदै आएकोमा अबका दिनमा दैनिक ५ घण्टा सेयर कारोबार हुने भएको हो ।
दोस्रो बजारमाहुने सेयर कारोबार समय दैनिक १ घण्टा बढाउन नेपाल धितोपत्र बोर्डले पत्र काटेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।
‘धितोपत्रबोर्डले अबकादिन कारोबार समय १ घण्टा बढाएर विहान साढे १० बजेदेखि दिउसो साढे ३ बजेसम्म सेयर कारोबार गर्न पत्र काटेको छ,’ साउदले भने, ‘यस विषयमा नेप्सेले गृहकार्य सुरु गरेको छ ।’
दैनिक कारोबार समय बढाउनका लागि सिडिएससीको सफ्टवेयरमा परिमार्जन गर्नुपर्ने भएकाले केही समय लाग्ने समेत साउदले जानकारी दिए । ‘सिडिएससीको सफ्टवेयर नेप्सेको जस्तो छैन यसको सोर्स कोर्ड भारतसँग छ,’ उनले भने, ‘यसका लागि भारतीयपक्षसँग छलफल गरेर मात्र दैनिक कारोबार समय बढाउन सकिन्छ ।’
फेसबुक पेज Like गर्नुहोस