काठमाडौं- विभिन्न उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ लिएका हुन्। न्याय परिषद्को साउन २२ गते बसेको बैठकले २७ जना न्यायाधीश नियुक्ति तथा विभिन्न उच्च अदालतमा पदस्थापनका सिफारिस गरेको थियो।
उच्च अदालतका २७ जना न्यायाधीशले लिए शपथ
खबर एक्सप्रेस
श्रावण २९, २०८२
१५६


.gif)

