गोरखा - गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् । गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।

स्थानीय देव गुरुङको पसल घरसहित सबै सामान बगाएको र अन्य पाँच घरमा क्षति पु¥याएको छ । पहिरोले थैलीडाँडामा मात्रै १८ घर जोखिम परेको उनले बताए ।

त्यस्तै बारपाकको स्नानगाउँमा चर्चभन्दा मुनिका छ घर पहिरोको जोखिममा परेको उनले बताए । गए राति नै परेको भारी वर्षाका कारण घरमाथिको बाटो खनेर थुपारेको माटो बगाउँदा रुदुक गाउँमा पनि एउटा किराना पसल बगाएको उनले जानकारी दिए ।