थप ३८० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या ६,५९१ पुगे
खबर एक्सप्रेस
२०७७-०३-०२ ०४:३२ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थप ३८० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।
फेसबुक पेज Like गर्नुहोस