चितवन - न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेका समर्थकहरुले रिहाइको माग गर्दै शुक्रबार भरतपुर चौबिसकोठीमा चक्काजाम गर्न खोज्दा पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको रहस्यमय तरिकाले भएको आत्महत्या प्रकरणमा अनुसन्धानका लागी बिहीबार बेलुकी कार्यालयबाटै पक्राउ परेका लामिछानेको रिहाइ माग राख्दै उनका समर्थकहरुले नाराबाजी सहित पुर्व पश्चिम् राजमार्ग अबरुद्ध गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका हो ।

पक्राउ परेकाहरुलाई अहिले वर्डा प्रहरी कार्यालय नारायणगढ चितवनमा राखिएको छ । यसैबीच , चितवन प्रहरीले अप्रिय घट्ना हुन सक्ने कुरालाई मध्ययनजर गर्दै अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।