उत्तरी इजिप्टमा भवन भत्किँदा दुई जनाको मृत्यु, २० जना घाइते
खबर एक्सप्रेस
२०७९-१०-२८ ०२:३१ मा प्रकाशित
Total Shares: 191
काठमाडौं, एजेन्सी-उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।
राज्य सञ्चालित नाइल टिभीले जनाए अनुसार राजधानी कायरोको उत्तरमा रहेको बेहेरा प्रान्तमा रहेको उक्त भवन ग्यास सिलिन्डर विस्फोटका कारण भत्किएको हो ।
दुर्घटनामा दुई जना अझै बेपत्ता भएकाले भग्नावशेषमुनि बाँचेकाहरूको खोजी कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ ।
घटनास्थलमा ३० वटा एम्बुलेन्स पुगेर पीडितलाई नजिकैको सरकारी अस्पतालमा लगिएको छ भने भत्किएको भवनको वरिपरि प्रहरी घेराबन्दी गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस