काठमाडौं - अमेरिकामा नोबेल कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

सोमबार मात्र अमेरिकामा ४ जनाको कोरोना कारण ज्यान गएको हो । साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा कोरोना संक्रमण देखिएपछि आपतकालको घोषणा गरेको थियो।

कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका पहिलो दुई व्यक्तिको अध्ययन गरेका अनुसन्धानकर्ताहरूले त्यहाँ केही साता अगाडिदेखि सो भाइरस फैलिएको आशंका गर्दै धेरै व्यक्तिमा फैलिएको अनुमान गरेका छन् ।

त्यहाँ सार्वजनिक भएका १४ मध्ये ८ वटा मामिला किङ काउन्टीसँग सम्बन्धित रहेको छ। मृत्यु भएका चार मामिला यसै काउन्टीको एक अस्पतालसँग सम्बन्धित छन्। अमेरिकामा हालसम्म पाँच राज्यमा कोरोनाभाइरसका संक्रमितहरू भेटिएका छन्।