जहाँ विद्यार्थीले लगाउँछन् शिक्षकको हाजिरी
खबर एक्सप्रेस
२०७६-०५-०५ ११:०० मा प्रकाशित
Total Shares: 580
काठमाडौं – सल्यानको दार्मा गाउँपालिका–१ स्यालास्थित बालकल्याण प्राथमिक विद्यालयमा शिक्षकको हाजिरी विद्यार्थीले लगाउने गर्छन् । प्रायः विद्यालयमा शिक्षकले विद्यार्थीको हाजिरी लगाइरहेको अवस्थामा उक्त विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी लगाउँदै आएका हुन् ।
कुन शिक्षक कति बजे कक्षामा प्रवेश गरे, कति मिनेट पढाए, कक्षा घण्टी सकिएको कति मिनेटपछि कक्षा छाडे लगायतका विगयामा विद्यार्थी हाजिरी लगाउने गर्छन् ।
शिक्षकको अधिनमा विद्यार्थी बस्नुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गरी शैक्षिक वातावरण सिर्जना गर्न यसप्रकारको कार्य गरिएको प्रधानाध्यापक कुमार देवकोटाले जानकारी दिए।
नेपाल समाचारपत्रबाट
फेसबुक पेज Like गर्नुहोस